भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गायक प्रकाश सपुतमाथि रोमानिया स्टेजमै बोतल प्रहार

गायक प्रकाश सपुतमाथि रोमानिया स्टेजमै बोतल प्रहार

काठमाडौं । रोमानिया पुुगेका गायक प्रकाश सपुतमाथि गीत गाउने क्रममा बोतल प्रहार भएको छ । दर्शकबाट फ्याँकिएको क्यान बियरको बोतल उनको मुखमा लागेको थियो ।

गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए । हिजो नेपाली समय अनुसार १२ बजे राति स्टेजमा गीत गाइरहँदा उनीमाथि बोतल आक्रमण भएको हो । सपुतले ‘बोल माया‘’ गीत गाइरहँदा अचानक आधा पिएको क्यान बियर हुर्‍याइएको थियो ।

सपुतले त्यसलाई छल्न भ्याएनन् । उनको निधारमा सामान्य चोट लागेको सपुतसँगै रहेकी गायिका प्रीति आलेले बताएकी छन् ।सपुतलाई हमला गर्ने नियतले नभई रक्सीको तालमा प्रहार भएको आयोजकले जनाएको छ । सो घटनापछि कार्यक्रम आधा घण्टा बिथोलिएको थियो ।

त्यसपछि फेरि सपुतले गायनलाई निरन्तरता दिए । आयोजकले बियरको बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही थालेको बुझिएको छ । आयोजकहरूले घटनाको जिम्मेवारी आफूहरूले लिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.