भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

गृह नछाड्न एमालेकाे दवाव, सरकारमा बस्ने कि बाहिरिनेबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

गृह नछाड्न एमालेकाे दवाव, सरकारमा बस्ने कि बाहिरिनेबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

काठमाडौं । गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । बिहान ११ बजे बैठक बोलाइएको रास्वपाले जनाएको छ । सरकारमा बस्ने कि नबस्ने भनेर आज निर्णय हुने संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बताए । शनिबार राति पनि रास्वपाको बैठक बसेको थियो ।

तर बैठक अनिणिर्त भएपछि आइतबार पुनः बैठक बस्न लागेको हो । आजको बैठक लम्बिए संसद बैठकमा नगइकन छलफल गरिने उनको भनाइ छ । गत बिहीबार बसेको बैठकले गृहमन्त्रालय पाउनुपर्ने पार्टीको मागबारे निर्णय लिन प्रधानमन्त्री प्रचण्डलाई दुई दिनको अल्टिमेटम दिएको थियो । उक्त अल्टिमेटम शनिबार मध्यरातिबाट सकिएको छ ।

अल्टिमेटम सकिनु अघि रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर भेटेका थिए । प्रधानमन्त्री प्रचण्डले गृह बाहेक अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेका थिए । तर लामिछानेले सरकार गठनको बेलामै गृह मन्त्रालय आफ्नो पार्टीको भागमा परेको भन्दै गृह नछाड्न आफूलाई पार्टीभित्रबाट दबाव रहेको बताएका थिए । नेकपा एमालेले पनि रास्वपालाई गृह मन्त्रालय नै दिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिंदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.