चिट्ठामा ८२ करोड जित्ने रञ्जितकुमार पाल

चिट्ठामा ८२ करोड जित्ने रञ्जितकुमार पाल image

सिरहा । गोलबजार–१२ का रञ्जितकुमार पाल सात वर्षअघि रोजगारीका लागि कतार पुगे । त्यहाँको वातावरण बुझेर १५ महिनादेखि चिट्ठा किन्न थाले । नभन्दै उनको भाग्यमा ८२ करोड नेपाली रुपैयाँ (२३ मिलियन दिराम) राबरको चिट्ठा प¥यो । पालले अरब इमिरेट्सको आबुधाबीस्थित बिग टिकटको राफल ‘लक्की ड्र’अन्तर्गत २ सय ४८ औं विजेता बने ।

चिट्ठा परेको खबर सुनेर निकै खुसी भएको पालले सुनाए । कतार सनैयास्थित एक मनी एक्सचेन्जमा कार्यरत उनी ड्युटीमा नै छन् । उनले २० जनासँग मिलेर संयुक्त रूपमा ‘लक्की ड्र’को २३२९३६ नम्बरको टिकट अनलाइनमार्फत जनवरी १६ मा खरिद गरेका थिए । उनका साथीमध्ये अलग–अलग कम्पनीमा काम गर्ने सात नेपाली अनि अन्य भारतीय र श्रीलंकाली पनि छन् ।

ठूलो धनराशिको चिट्ठा जिते पनि आफूले अहिले गरिरहेको कामलाई निरन्तरता दिने उनले बताए । एउटा टिकटको ५ सय दिराम पर्छ । उनले भने, ‘भाग्यमा त धेरै विश्वास गर्दिनँ । तापनि जितिहालिन्छ कि भनेर चिट्ठा किन्ने गरेको छु ।’ बुवा, आमासहित १० र पाँच वर्षका २ छोरा परिवारमा छन् ।

अहिले नै घर फर्कने योजना नबनाएको उनको भनाइ छ। मासिक रूपमा खोलिने चिट्ठाको हरेक महिनाको ३ तारिखमा विद्युतीय माध्यमबाट विजेता छनोट गरी घोषणा गरिन्छ । यसअघि पनि गुल्मीका भरत बिकले १० मिलियन दिराम अर्थात् ३५ करोड नेपाली रुपैयाँ जितेका थिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda