भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

चिट्ठामा ८२ करोड जित्ने रञ्जितकुमार पाल

चिट्ठामा ८२ करोड जित्ने रञ्जितकुमार पाल

सिरहा । गोलबजार–१२ का रञ्जितकुमार पाल सात वर्षअघि रोजगारीका लागि कतार पुगे । त्यहाँको वातावरण बुझेर १५ महिनादेखि चिट्ठा किन्न थाले । नभन्दै उनको भाग्यमा ८२ करोड नेपाली रुपैयाँ (२३ मिलियन दिराम) राबरको चिट्ठा प¥यो । पालले अरब इमिरेट्सको आबुधाबीस्थित बिग टिकटको राफल ‘लक्की ड्र’अन्तर्गत २ सय ४८ औं विजेता बने ।

चिट्ठा परेको खबर सुनेर निकै खुसी भएको पालले सुनाए । कतार सनैयास्थित एक मनी एक्सचेन्जमा कार्यरत उनी ड्युटीमा नै छन् । उनले २० जनासँग मिलेर संयुक्त रूपमा ‘लक्की ड्र’को २३२९३६ नम्बरको टिकट अनलाइनमार्फत जनवरी १६ मा खरिद गरेका थिए । उनका साथीमध्ये अलग–अलग कम्पनीमा काम गर्ने सात नेपाली अनि अन्य भारतीय र श्रीलंकाली पनि छन् ।

ठूलो धनराशिको चिट्ठा जिते पनि आफूले अहिले गरिरहेको कामलाई निरन्तरता दिने उनले बताए । एउटा टिकटको ५ सय दिराम पर्छ । उनले भने, ‘भाग्यमा त धेरै विश्वास गर्दिनँ । तापनि जितिहालिन्छ कि भनेर चिट्ठा किन्ने गरेको छु ।’ बुवा, आमासहित १० र पाँच वर्षका २ छोरा परिवारमा छन् ।

अहिले नै घर फर्कने योजना नबनाएको उनको भनाइ छ। मासिक रूपमा खोलिने चिट्ठाको हरेक महिनाको ३ तारिखमा विद्युतीय माध्यमबाट विजेता छनोट गरी घोषणा गरिन्छ । यसअघि पनि गुल्मीका भरत बिकले १० मिलियन दिराम अर्थात् ३५ करोड नेपाली रुपैयाँ जितेका थिए ।

 


Thali Mobile Pvt.Ltd.