भर्खरै : Sorry, your browser does not support inline SVG.

ग्याँस चुहिंदा भारतमा ९ जनाको मृत्यु

ग्याँस चुहिंदा भारतमा ९ जनाको मृत्यु

भारत । एउटा पसलमा ग्याँस चुहिंदा भारतको पञ्जामा करिब ९ जनाको मृत्यु भएको छ । पञ्जाब, लुधियानाको ग्याँसपुरा क्षेत्रमा रहेको पसलबाट चुहिएको ग्याँसका कारण ९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने सोही घटनामा ११ जना घाइते भएका छन् । घाइते भएका ११ जनालाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।

कस्तो खालको ग्याँस चुहिएको हो भन्ने यकिन भइनसके पनि अमोनिया ग्याँस चुहिएको आशंका गरिएको छ । अस्पताल भर्ना गरिएकाहरु बेहोस अवस्थामा रहेको जनाइएको छ । प्रहरीले घटनास्थल वरपरको ३ सय मिटर क्षेत्रलाई घेरा हालेको छ । मेडिकल टिमसहित पुगेको सुरक्षाकर्मीको टोलीले मानिसहरुलाई उद्धार गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.