भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको निर्णय कार्यान्वयन गरेको हुँ : प्रधानमन्त्री

नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको निर्णय कार्यान्वयन गरेको हुँ : प्रधानमन्त्री

काठमाडौं । अयोग्य लडाकुलाई २ लाख रूपैयाँ दिने निर्णय आफ्नो नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् । प्रधानमन्त्री दाहालले अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रूपैयाँ दिने निर्णय आफ्नो नभएको सोमबार चितवनमा संचारकर्मीसँग कुरा गर्दै दाबी गरेका हुन ।

२०७१ सालमा अयोग्य लडाकुलाई पैसा दिने निर्णय कार्यान्वयन भएको बताउँदै २०७१ सालमा नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले गरेको निर्णय आफूले कार्यान्वयन मात्रै गरेको बताएका हुन । आफूले गरेको निर्णय भनिएर जसरी प्रचार गरिएको कुरा झुटो भएको बताउँदै उनले अदालतको फैसलालाई आधार बनाएर निर्णय कार्यान्वयन गरेको जानकारी दिए ।

विषय अदालतसम्म पुगेको र अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि पैसा दिने प्रक्रिया रोकिएको र आफू प्रधानमन्त्री हुनुभन्दा केहीअघि पुनः अदालतले नरोक्न भनेपछि अयोग्य लडाकुलाई पैसा दिने निर्णय गरेको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.