भक्तपुर । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकालाई श्रमजीवी साकोसले रु ५० हजार १ सय ५ आर्थिक सहयोग गरेको छ ।
भनपा वडा नं.९ ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा स्थापना गरेको आइसोलेसन केन्द्र व्यवस्थापनलगायत आवश्यक व्यवस्थाको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा चाख बचतले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नपालाई गरेको सहयोगको लागि धन्यवाद ज्ञापन गरेका छन् ।
