भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

कोरोना रोकथामबारे बिराट नेपालभाषा साहित्य सम्मेलनका पदाधिकारीसँग छलफल

कोरोना रोकथामबारे बिराट नेपालभाषा साहित्य सम्मेलनका पदाधिकारीसँग छलफल

भक्तपुर । नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

कोरोनाबाट नगरबासी जनतालाई जोगाउन सबैको संयुक्त प्रयास आवश्यक भएको बताउदै प्रमुख प्रजापतिले तिहारको समयमा भीडभाड हुने कुनै किसिमको औपचारिक कार्यक्रम नगर्न तथा कार्यक्रमहरु स्थगित गर्न पहल गरी दिन बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका पदाधिकारीहरुलाई आग्रह गरे ।

बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले भक्तपुर नगरपालिकाले कोरोना रोकथामको लागि गरिरहेको काम सराहनीय भएको बताए । छलफलमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, बिराट नेपालभाषा साहित्य सम्मेलनका कोषाध्यक्ष रामगोपाल चगुठीको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.