चाडपर्व आइसक्यो तर, तुलसीपुरमा चामल ढुवानी हुन सकेन

चाडपर्व आइसक्यो तर, तुलसीपुरमा चामल ढुवानी हुन सकेन

काठमाडौं । टेण्डर नपरेपछि तुलसीपुरमा चामल ढुवानी हुन सकेको छैन । दशैँलाई लक्षित गरी चाम ढुवानी गर्न बोलपत्र आह्वान गरे पनि कसैले नहाल्दा चामल ढुवानी अन्योलमा परेको छ भने उपभोक्ता निरास बनेका छन् ।

दोस्रोपटक बोलपत्र खोलेर ढुवानी गर्ने तयारी गरेपनि टेण्डर नपर्ने देखिएको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताए । रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि बोलपत्र अझै परेको छैन बोलपत्र खोले पनि कसैले बोलपत्र आह्वान गरेन, उनले भने ।

पहाडी जिल्लामा चामल पुर्‍याउन तुलसीपुरमा चामल मौज्दात राख्ने गरिन्छ । अहिले करिब चार हजार आठ सय क्विन्टल चामल मौज्दात रहेको छ । बोलपत्र नपरेपछि अहिले कार्यालय आफैँले ढुवानीअनुसारको भुक्तानी गर्ने गरी रुकुमपूर्व र रुकुमपश्चिममा चामलसमेत पठान थालेको छ ।

ढुवानी महँगो भएकाले बोलपत्र हाल्न नमानेको हुनसक्ने बताइएको छ । चाडपर्वलाई लक्षित गरी चामलको मूल्य पनि घटाएको छ । प्रत्येक चालममा प्रतिकिलो रु सातका दरले छुट दिएको छ ।

जसअनुसार अहिले बास्मती चामलको मूल्य प्रतिकेजी रु एक सय तीन, जिरा मसिनो चामलको प्रतिकेजी रु ६०, सोना मन्सुलीको प्रतिकिलो रु ४३ रहेको छ । दाङमा चामल उत्पादन पनि हुने भएकाले कम्पनीको चामल कम खपत हुने गरेको छ ।

दाङमा कम्पनीको वार्षिक दुई सय क्विन्टलमात्रै खपत हुने गरेको छ । अन्य पहाडी जिल्लामा अत्यधिक मात्रामा चामल ढुवानी हुने गरेको छ । तुलसीपुरमा चामल मौज्दात राख्नका लागि पाँच हजार क्विन्टल क्षमता रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.