भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

चिकित्सक काममा फर्किए

चिकित्सक काममा फर्किए

काठमाडौं । नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिएको छ । ट्रमा सेन्टरमा कार्यरत डा. जेनिथलाल सिंहलाई कुटपिटको विरोध गर्दै चिकित्सक संघले आन्दोलन घोषणा गरेका थिए ।

देशभरका स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेर आन्दोलनमा होमिएका चिकित्सकले यस्तो घोषणा गरेका हुन ।

राष्ट्रपति विद्यादेवी भण्डारी संसद्मा सम्बोधन गर्न जाने क्रममा शुक्रबार ड्युटीमा रहेका वरिष्ठ प्रहरी हवल्दार शम्भु गुरुङले राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. सिंहलाई कुटेपछि चिकित्सक आन्दोलनमा उत्रिएका थिए ।

प्रहरी हवल्दार गुरुङ हाल निलम्बनमा परेपछि सहज भएको हो ।

नेपाल सरकारद्वारा गठित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा स्वास्थ्य तथा जसङख्या मन्त्रालयका प्रतिनिधि सहितको वार्ता टोली र संघका पदाधिकारीबीच ६ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको हो।

 


Thali Mobile Pvt.Ltd.