भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी |

चियाको उत्पादन राम्रो, गाउँपालिकाको प्राथमिकता छैन

चियाको उत्पादन राम्रो, गाउँपालिकाको प्राथमिकता छैन

महाकुलुङ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाभित्र चिया खेतीको उत्पादन राम्रो छ । उसो त पालिकाका सबै वडामा चियाखेति गर्न लायकको ठाउँ छ ।

कृषकलाई चियाको बिउ वितरण तथा उत्पादनमा सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङले बताए ।

त्यो कार्य १२ ओटाबढी संस्थाले गरेको उनको भनाइ छ । तर पालिकाको नजर नपुगेको स्थानीय बताउँछन् । वडा नं ४ र ५ का किसानहरु अँलैची उत्पादनबाट आत्मनिर्भर बनिरहेको अवस्थामा पालिका भने बेखवर बनेको छ ।

५ वटै वडामा अँलैची खेती राम्रो हुन्छ । ५० करोडसम्मको अँलैची बेचेको रेकर्ड किसानसंग छ । पछिल्लो समय किसानहरु किबि खेतीतर्फ आकर्षित भएकाले अलैचीमा ध्यान नदिएको कतिपय किसानको भनाइ छ ।

तर अँलैची उत्पादन बढाउन तथा बजार व्यवस्थापनको लागि पालिकाले खासै ध्यान दिएको छैन ।

 


Thali Mobile Pvt.Ltd.