भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

छ हजार वडामा पुग्दै रास्वपा, उम्मेदवार हुन १०० रुपैयाँ शुल्क

छ हजार वडामा पुग्दै रास्वपा, उम्मेदवार हुन १०० रुपैयाँ शुल्क

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ६ हजार ५ सय वडामा समिति गठन गर्दैछ । अनलाइन आवेदन खुलाएर रास्वपाले २ देखि २० असोजसम्म उम्मेदवारी दर्ताका आह्वान गरेको हो । वडा तहको समितिका लागिसमेत अनलाइनबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएको छ ।

उम्मेदवार हुन १०० रुपैयाँ शुल्क तोकिएको छ । १० देखि १६ कात्तिकसम्म निर्वाचनमार्फत नेतृत्व चयन गरिने कार्यतालिका रहेको पार्टीका सह–महामन्त्री तथा संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले बताए ।

कार्यसमितिमा चयन हुनेहरूको नामावली २० कात्तिकमा सार्वजनिक गरिने उनको भनाइ छ । रास्वपाको वडा समितिमा ११ जना हुने व्यवस्था छ ।

सभापति, उपसभापति, सचिवसहित सबै सदस्य निर्वाचित हुनुपर्नेछ । ११ जनामा दलित एक जना अनिवार्य गरिएको छ । महिला चार जना, ४५ वर्षमुनि उमेर समूहका ६ जना निर्वाचित हुनेछन् ।

 


Thali Mobile Pvt.Ltd.