भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

आज देखि द्रुत बस सेवा सञ्चालन, सूर्यविनायक–रत्नपार्क दुवैतर्फ ५-५ मिनेटको फरकमा छुट्ने

आज देखि द्रुत बस सेवा सञ्चालन, सूर्यविनायक–रत्नपार्क दुवैतर्फ ५-५ मिनेटको फरकमा छुट्ने

भक्तपुर । संविधान दिवसका अवसरमा उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आएको छ । सूर्यविनायक–रत्नपार्क सडक खण्डमा द्रुत बस सेवाको उद्घाटन आज बिहान ९ बजे हुने भएको छ।

उद्घाटनको दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, बागमती प्रदेशका यातायात मन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन शाह, मध्यपुर थिमी, सूर्यविनायक नगरपालिकाका मेयर यात्रुको रुपमा चढ्ने कार्यक्रम रहेको छ ।

यात्रुका लागि भने बिहीबारदेखि मात्रै द्रुत बस सेवा सञ्चालन हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। अरु सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढ घण्टासम्म समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने छ।

माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिन नपर्ने गरी ट्राफिक व्यवस्थापन गरिएको छ । यो रुटमा अरु सार्वजनिक बसले जति भाडा लिन्छन्, द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ।

यस्ता बसहरुले १९ स्थानमा यात्रु चढाउने तथा ओराल्नेछन् । द्रुत बस सेवाका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, चारदोबाटो, ठिमी, सल्लाघारी, चुनदेवी, पाण्डुबजार र सूर्यविनायकका स्थानमा यात्रु चढाउने र ओराल्ने काम हुनेछ।

अरु बसजस्तो द्रुत सेवाका बसहरुले यात्रुहरु कुरेर बस्ने अवस्था छैन । द्रुत सेवाका बस रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५–५ मिनेटको फरकमा छुट्ने जनाइएको छ। ती बस रातो रंगले पोतिएको लेनमा मात्रै चल्नेछन्। दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म द्रुत सेवाका बस सञ्चालन हुनेछन् ।

 


Thali Mobile Pvt.Ltd.