भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

जलवायु परिवर्तनले विषम परिस्थिति ल्याउने चेतावनी

जलवायु परिवर्तनले विषम परिस्थिति ल्याउने चेतावनी

काठमाडौं । नेपालको जल तथा मौसम विज्ञान विज्ञ प्रा.डा. सुरेशराज चालिसेले जलवायु परिवर्तनले विश्वमा ल्याउन लागेको अति विषम परिस्थितिबाट जोगिन भरपर्दो तथ्याङ्क संकलन र त्यसमा आधारित शोधको महत्वमा जोड दिएका छन् ।

जल तथा मौसम विद्हरूको साझा संगठन सोहम–नेपाल, त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र स्माल अर्थ नेपालको संयुक्त आयोजनामा राजधानी सम्पन्न कार्यक्रममा चालिसेले आइपिसिसिले दुई दिन अगाडि मात्र प्रकाशन गरेको छैठौं मुल्याङ्कन प्रतिवेदनमा विश्वको औसत तापक्रम १ दशमलब १ डिग्री बढिसकेको र केही दशकभित्र यसले पृथ्वीको जलवायुमा भयानक परिवर्तन ल्याउने प्रक्षेपण गरेको जनाए ।

विश्व पानी सप्ताह अन्तर्गत नेपालमा पनि त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा विश्व मौसम संगठन डब्लुएमओ स्थापना दिवस मनाई सम्पन्न भएको उक्त कार्यक्रममा चालिसेले जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न जल तथा मौसम विज्ञान विभागले सोहम–नेपाल जस्ता संस्थासँग शोधकार्यमा हातेमालो गर्नुपर्ने कुरामा जोड दिए ।

जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले अहिलेकोले भन्दा आगामी पुस्ताले जलवायु परिवर्तनको नकारात्मक प्रभाव बढी झेल्नुपर्ने भएकोले युवा वैज्ञानिकहरू थप सक्रिय भएर लाग्नुपर्नेमा जोड दिइन् । लगभग ६५ जना जल तथा मौसम विद्हरू सम्मिलित कार्यक्रममा त्रिवि केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. दीपक अर्याल तथा सोही विभागका प्राध्यापक टेकबहादुर क्षेत्रीले जलवायु परिवर्तनका विविध पक्षमा प्रकाश पारे ।

कार्यक्रममा गोविन्द झाले मौसम भविष्यवाणीको मोडलबारे, प्राध्यापक विनोद पोखरेलले भविष्यको मौसम तथा विषम जलवायुबारे र निक्कीश्री श्रेष्ठले नदी तथा पहिरोको अनुगमनबारे कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा आयोजक सोहम–नेपालका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठ, सोहम–नेपालका महासचिव डा. के.एन. दुलाललगायतले जलवायु परिवतर्नका विविध पक्षमा चर्चा गरेका थिए ।

 

 

 


Thali Mobile Pvt.Ltd.