भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

जापानले सन् २०२४ को पहिलो ६ महिनामा कीर्तिमानी सङ्ख्यामा पर्यटक भित्र्यायो

जापानले सन् २०२४ को पहिलो ६ महिनामा कीर्तिमानी सङ्ख्यामा पर्यटक भित्र्यायो

जापान । जापानले सन् २०२४ को पहिलो ६ कीर्तिमानी सङ्ख्यामा विदेशी पर्यटक भित्र्याएको छ । जापानको राष्ट्रिय पर्यटन सङ्गठनले यो वर्षको ६ महिनामा एक करोड ७७ लाख ८० हजार जना पर्यटक आएका र यो सङ्ख्या कोरोना महामारीअघिको यही अवधिको तुलनामा १० लाखभन्दा बढी भएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०१९ को जनवरीदेखि जुन महिनासम्मको ६ महिनामा जापानले एक करोड ६६ लाख ३० हजार जना पर्यटकलाई स्वागत गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कमजोर येनले अहिले जापानमा ठूलो भीडलाई आकर्षित गरिरहेको छ । पर्यटकलाई जापानी परम्परागत कपडा किमोनोस, खानालगायतले आकर्षित गरिरहेको खबरमा उल्लेख छ ।  अहिले क्योटो र माउन्ट फुजीजस्ता पर्यटनस्थलमा भीडभाड बढेको छ ।

यसैबीच जापानी प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रिपरिषद् बैठकमा पर्यटकलाई ग्रामीण क्षेत्रतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए ।जापानले सन् २०२४ मा तीन करोड ५० लाख जना विदेशी पर्यटक भित्र्याउने अपेक्षा गरेको छ । कोरोना महामारीका बेला सीमामा लगाइएको कडा प्रतिबन्ध हटेपछि सन् २०२३ मा दुई करोड ५० लाख जना पर्यटक जापान आएका थिए । एजेन्सी

 

 


Thali Mobile Pvt.Ltd.