भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

जिप दुर्घटनामा एकको मृत्यु, एक घाइते

जिप दुर्घटनामा एकको मृत्यु, एक घाइते

गुल्मी । मालिका गाउँपालिका २ दर्लिङ्गको दुनाममा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । गए राती करिब ११ः४० बजे जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । दर्लिङ्गदेखी बागलुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याब जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी सह–चालक बागलुङको बडिगाड गाउँपालिका ९ बल्गास बस्ने १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोही ठाउँका चालक २१ वर्षीय प्रेम केसी घाइते भएका छन् ।

घाइते केसीको अवस्था मध्यम रहेकोले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीको भनाइ छ । जिप एक्कासि ब्रेक फेल भएर सडकभन्दा करिब १५० मिटर तल खसेको छ । घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.