भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

लुम्बिनी प्रदेशमा नयाँ सरकार

लुम्बिनी प्रदेशमा नयाँ सरकार

लुम्बिनी । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसिमा आज दिउँसो ४ बजे सकिँदैछ । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले मङ्गलबार साँझ आह्वान गरेका थिए ।

प्रदेश प्रमुखको आह्वान गरेसँगै नयाँ सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धन दल आन्तरिक छलफलमा जुटेका छन्। विपक्षी दलले एक महिनाअघि नै कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेस गरेका छन् ।

तर दोस्रो कार्यकालको लागि माओवादी विश्वस्त हुन नसक्दा बुधबार सहमति जुट्न नसकेको हो । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले बिहीबार अपराह्न ४ बजेसम्मका लागि दिएको समयावधिमै सरकारको दाबी पेस गर्नेगरी गठबन्धन दलबीच तयारी गरिएको प्रदेशसभामा कांग्रेस प्रमुख सचेतक जन्मदेव तिमल्सेनाले बताए ।

सत्ताको भागबण्डाका विषयमा विभिन्न चरणमा छलफल भए पनि अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । तर सरकारको दाबी पेस गरिसकेपछि छलफल गरेर टुङ्गोमा पुगिने सङ्केत प्रमुख सचेतक तिमिल्सेनाले दिए ।

एमाले संसदीय दलका नेता मुख्यमन्त्री लीला गिरीले सोमबार विश्वासको मतका लागि प्रदेशसभामा गरेको प्रस्तावमा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको थियो । संविधानको धारा १८६ को उपधारा २ बमोजिम गत पुस २७ गते नेता गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.