भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

बागलुङमा सफल हुँदै चियाखेती

बागलुङमा सफल हुँदै चियाखेती

बागलुङ । चियाखेती सफल र विस्तार हुँदै गएको छ । जिल्लाका विभिन्न स्थानमा परीक्षणका लागि लगाइएको चियाखेती राम्रो भएपछि स्थानीयवासी उत्साहित बनेका छन् । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालित काठेखोला गाउँपालिका–७ रेश, वडा नं ३ धम्जा, बागलुङ नगरपालिका–८ सिगानालगायतका क्षेत्रमा चियाखेती सफल हुने देखिएको छ ।

दुई वर्षअघि रेशको तिङरिङमा लगाइएको चिया अबको दुई वर्षभित्र उत्पादन दिने गरी फस्टाएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । रेशमा अहिले झण्डै एक सय रोपनी क्षेत्रफलमा चियाखेती गरिएको छ । सामुदायिक वन, विद्यालयको जग्गा र सार्वजनिक स्थानमा चियाखेती विस्तार गरिएको अध्यक्ष लामिछाने बताउनुहुन्छ ।

अहिले रेश र सिगानाका किसानले खेर गएको बाँझो जग्गामा चियाखेती गर्न थालेका छन् । तीन वर्ष अगाडि सिगानाको बौडेचौर क्षेत्रमा लगाएको १५ हजार बिरुवामध्ये झण्डै १२ हजार बिरुवा उत्पादन दिने गरी बढिरहेको बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजन जिसीले जानकारी दिनुभयो ।

“हाम्रोमा केही व्यक्तिगत र केही सार्वजनिक जग्गामा चियाखेती लगाइएको छ, शुरुमा १० हजार बिरुवा लगाइएकामा चार हजार थपियो” जिसीले भन्नुभयो,“सम्भाव्यता अध्ययनका क्रममा चियाखेतीको सम्भावना प्रवल देखिएपछि गरिएको प्रयास सफलता उन्मुख छ ।” कोरोनाका कारण यस वर्षको योजना प्रभावित भए पनि आगामी वर्ष ५० हजारभन्दा बढी चियाका बिरुवा लगाउने योजना नगरपालिकाको छ ।

नमूना कृषि गाउँभित्र विद्यालयको जग्गा पर्ने भएकाले २७ रोपनी जग्गामा चियाखेती विस्तार गरिरहेको जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक थम्मनबहादुर जिसीले जानकारी दिनुभयो । सत्ताइस रोपनी जग्गामध्ये १०÷१२ रोपनी जग्गामा चियाखेती लगाइसकेको र अन्य जग्गा चियाखेती विस्तारका लागि तयारी भइरहेको जिसीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.