भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

जेठ ३२ गते प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाई हुने

जेठ ३२ गते प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाई हुने

काठमाडौं । आगामी बिहीबार सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाई हुने भएको छ । सोमबार संसदीय सुनुवाई समितिको सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो । गत बैशाख २५ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो ।

समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि २९ वटा उजुरी परेको र सो उजुरी अध्ययनका लागि समितिका सदस्यहरुलाई दिइएको छ । संसदीय सुनवाई समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाई जेठ ३२ गते गर्ने र र त्यसै दिन सो प्रस्तावलाई अनुमोदन गर्ने लगायतको कार्यतालिका परिमार्जनसहित पारित समितिले गरेको छ ।

कार्यतालिकामा उजुरीकर्ताहरुसँग छलफलका लागि जेठ ३१ गते बुधबार बिहान ११ बजेको समय तोकिएको छ । प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाई गर्ने र सो प्रस्ताव अनुमोदन गर्नेलगायतका सचिवालयको प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिएको समितिले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.