भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

टी–२० क्रिकेट शृङ्खलाको उपाधि यूएईलाई

टी–२० क्रिकेट शृङ्खलाको उपाधि यूएईलाई

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधि यूएईले जितेको छ। नेपाललाई ४ विकेटले हराउँदै यूएई विजयी भएको हो । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टाएको हो ।

नेपालले यसअघि लिगका चारवटै खेल जितेको थियो । तर, फाइनलमा भने नेपाल चुकेको छ । मुहमद वासिमले ४५ रन बनाएर यूएईलाई राम्रो सुरुवात दिलाएका थिए । अर्का ओपनर आयांश शर्माले २५ र वृत्य अरविन्दले २६ रनको योगदान दिएका थिए ।

नेपालका गुल्सन झा र अविनाश बोहराले समान २ तथा कुशल मल्लले १ विकेट लिए । त्यसअघि यूएईले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतिमा १ सय ६२ रन बनायो ।

ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए। आसिफ शेख ७, कुशल मल्ल १, रोहित पौडेल १८, दिपेन्द्र सिंह ऐरी २०, सन्दीप जोरा ५, गुल्सन झा ५, सोमपाल कामीले १३ रन बनाए । यूएईका आयन खानले ३ तथा अली नासिर र जहुर खानले समान दुई विकेट लिए ।

जुनेद सिद्धीकीको नाममा एक विकेट रह्यो । नेपाल अपराजित रहदै सिरिजको फाइनल प्रवेश गरेको हो । लिग चरणका दुवै खेलमा यूएईलाई हराएपनि फाइनलमा भने नेपाल पराजित हुन पुग्यो ।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप नेपालले हङकङ र यूएईलाई समावेश गरेर सिरिजको आयोजना गरेको हो । टस जितेको युएईले फिल्डिङ रोजेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो ।

 


Thali Mobile Pvt.Ltd.