भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

छायाँनाथ रारामा आमासहित तीन जनाकाे हत्या

छायाँनाथ रारामा आमासहित तीन जनाकाे हत्या

मुगु । छायाँनाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँमा आमासहित तीन जनाको हत्या भएको छ । २६ वर्षिया श्रीदेवि बोहोरा, उनका दुई छोरा ११ वर्षिय मनोज बोहोरा, एक वर्षिया रहर बोहोरा र ७ वर्षिया छोरी अप्सरा बोहोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

आज विहान ११ बजे घटना स्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थाल्दा दशैंको टीका थाप्न माइती गाउँ कोटिल्ला गएका उनीहरु ८ गते वेलुका घर फर्केका थिए । उनिहरुको सोही राती हत्या भएको प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले बताए ।

दुईदिन देखि घरमा ताला लगाएको देखेपछि गाउलेहरुले शुक्रबार विहान १० बजे तिर ढोकाको ताला तोडि भित्र हेदा चारै जनाको हत्या भएको देखे । मृतकका श्रीमान बैदेशिक रोजगारीको शिलशिलामा कतारमा छन् ।

कसले किन हत्या गर्यो भन्ने कुरा खुल्न सकेको छैन । अनुसन्धान गरी तत्काल हत्यारा पत्ता लगाउन प्रहरी टोली खटिसकेको प्रनाउ विरेन्द्र थापाले बताए । हत्यारा पत्तालगाउन प्रहरी कुकुरसमेत परिचालन गर्ने तयारी थालेको छ । घटना स्थल सदरमुकाम गमगढीबाट ३ घण्टा पैदल दुरीमा दक्षिण पुर्वमा पर्छ ।

 


Thali Mobile Pvt.Ltd.