भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

टेण्डरको बिषय लिएर आठबीसमा झडप हुदा एकजना घाइते, टेण्डर स्थगित

टेण्डरको बिषय लिएर आठबीसमा झडप हुदा एकजना घाइते, टेण्डर स्थगित

४ असार २०७७ राकमकर्णाली । आठबीस नगरपालिका दैलेखमा टेण्डरको विषयमा झडप हुदा एक जना घाइते भएका छन् । बिहीबार स्वास्थ्यको भवन बनाउन टेण्डर दर्ता गर्ने बेलामा झडप भएको हो । झडपमा एक जनाको टाउकोमा गहिरो चोट लागेको नगरपालिकाले जनाएको छ । स्वास्थ्यको भवन निर्माण गर्न टेण्डर दर्ता गराउन लाग्दा कुटाकुट भएको स्थानीयले बताएका छन् ।

स्वास्थ्य र एफ.एम रेडियोको टेन्डरको दर्ता रहेको र विहान दर्ता नहुदै झडप भएको नगर प्रशासनले जनाएको छ । एक जनाको टाउकोमा चोट लागेको र घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको नगर प्रमुख खड्गराज उपाध्यायले बताए । झडप भएपछि टेण्डर तीन दिनका लागि स्थगित गरेको जानकारी दिए ।

नगरपालिका परिसरमा करिब २०० जना मानिस भेला भएको भएका थिए । उनीहरुले टेन्डर पैसाले मिलाउन खोज्दा झडप भएको र मिलान प्रक्रिया नगरि प्रतिस्प्रधाका आधारमा हुनु पर्ने भन्दै युवाहरुले नाराबाजी गरे । तर नगर प्रमुखले एकाएक झडप भएको र के कारणले झडप भयो भन्ने कुरा आफुलाई थाह नभएको उनले बताए । झडप पछि प्रहरी सो स्थानमा पुगिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.