भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ट्रकसँग ठोक्किएर कोटेश्वरमा मोटरसाइकल चालकको मृत्यु

ट्रकसँग ठोक्किएर कोटेश्वरमा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । कोटेश्वरमा रोकिराखेको ट्रकमा ठोक्किएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा भक्तपुर ठिमीका ३५ वर्षीय सुरज खलाको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । कोटेश्वर आकाशेपुल नजिकै सडक किनारामा रोकिराखेको ना ६ ख ३१५८ नम्बरको ट्रकमा बागमती प्रदेश ०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल आज बिहान ठोक्किएको थियो ।

दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिइएर अनुसन्धान थालेको प्रहरीले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.