भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

ढोरपाटन बाढी अपडेट : चार जनाको शव भेटियो, १५ बढी बेपत्ता

ढोरपाटन बाढी अपडेट : चार जनाको शव भेटियो, १५ बढी बेपत्ता

बागलुङ । ढोरपाटन नगरपालिका–९ बोबाङमा अविरल वर्षाका कारण भिषण पहिरो जाँदा २५ घर बगाएको छ भने १५ जना बढी बेपत्ता भएका छन् । ढोरपाटन नगरपालिका–९ को भूँजीखोलामामा बुधबार राती अन्दाजी १२ बजे आएको बाढीले कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना र भुसुन्डेमा ३ जना सम्पर्कविहिन रहेको स्थानीयले बताए ।

बाढीले लाकुरीबोटमा ११ घर, दुनेपधेरामा ५ भर, घट्टबोटमा ८ घर र भुसुन्डेमा १ घर बगाएको छ। यस्तै बाढीले सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको छ। बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले ४ जनाको शव भेटिए पनि पहिचानमा समस्या भएको बताए ।

घटनास्थल ठूलो भएकाले प्रहरी सबै क्षेत्रमा पुगिनसेकको अवस्थामा घटनाको बास्तविक अझै आइनसकेको बताए । लासको अवस्था देख्दा बाढीले धेरै मानवीय क्षती पुगेको अनुमान गरिएको छ,‘उद्धार र खोजीमा सक्रिय भएका छौ’ प्रनाउ रेग्मीले भने। बाढीले बगाएको एक जनाको शव बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

उद्दारको लागि प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली बागलुङ बजारबाट घटनास्थल लागेका छन् ।

 


Thali Mobile Pvt.Ltd.