भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

ताथली बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न

ताथली बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधारण सभा सम्पन्न

भक्तपुर। ताथली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । “नियमित बचत, आकर्षक ब्याजदर, बचत गरौं, बनौं आत्मनिर्भर” भन्ने मुल मन्त्रलाई आत्मासात् गर्दै २०६३ साल माघ २९ गतेका दिन विधिवत रुपमा सहकारी ऐन बमोजिम सहकारी विभागमा दर्ता भएको यस संस्थाले आर्थिक विकासमा टेवा पुर्याउदै आएको सभामा बोल्ने वक्ताहरुले बताएका छन् ।

सदस्यहरुबीचको आपसी सहयोग र सहकार्य अभिबृद्धि गर्दै संस्थाको गतिविधिहरुमा सदस्यहरुको भुमिकालाई महत्वपूर्ण रुपमा लिनुका साथै विविध क्रियाकलापले सदस्यहरुको आर्थिक र सामाजिक रुपान्तरणका साथै सहकारी अभियानलाई अभिवृद्धि गर्दै आएको उनीहरुको जिकिर छ । संस्थाले शुरुवातीदेखि नै सबैको विश्वास जित्न सकेकाले निरन्तर रुपमा अगाडी बढ्दै आगामी दिनहरुमा अझै सदस्यहरुको चौतर्फी विकास र सहकारी अभियानको सहयात्रामा सामेल भै अगाडी बढ्ने प्रतिबद्धताका साथ सस्थाले तेह्रौ सभा सम्पन्न गरेको हो ।

२५ जना बाट शुरु भएको बचत समुहमा हाल नौ सय ६३ जना शेयर सदस्यहरुको साझा चौतारी बनेको छ ताथली बचत तथा ऋण सहकारी संस्था लिमिटेड । आफ्नो शेयर पूँजी ५१ लाख ८८ हजार ७ सय रुपैयाँ पुर्याएको यस संस्थाकाे बचत तर्फ यस आ‍.व.मा ३ करोड १७ लाख ८७ हजार ७ सय ४८ रुपैयाँ विभिन्न शिर्षकबाट पुग्न गएकाेछ ।

अभियान, सामाजिक दायित्वको सवालमा कहिले पछि नपरेको यस सस्थाले आगामी दिनमा समेत सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक विकासको लागि निरन्तर कटिबद्ध रहने ताथली बचत तथा ऋण सहकारी सस्थाले ऋणलाई सहज र सरल ढंगले लगानी गर्ने गरेको छ । संस्थाका अध्यक्ष एकबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले समुदाय प्रतिको चाँसोलाई सहकारीको सिद्धान्तमा अंगीकार गरि समुदायको हित र विकासका लागि सधै तत्पर रहेकोमा सस्थाका पदाधिकारीलाई धन्यवाद समेत दिए।
नवगठित समिति
सस्थाको तेह्रौ वार्षिक साधारण सभाले पुरानो समिति भंग गरि नयाँ समिति चैन गरेको छ । नवगठित समितिको अध्यक्षमा एक बहादुर खत्री, उपाध्यक्षमा सानुभाई रावत, सचिवमा रमेश पण्डित, कोषाध्यक्षमा श्रीकण्ठ खड्का, सदस्यमा गणेश कार्की, अच्यूत केसी, राधिका खत्री, ध्रुव गिरी, श्यामप्रसाद थपलिया चैन भएका छन् ।

नवगठित समितिले आगामी दिनमा उत्कृष्ट सेवा प्रदान गर्दै आर्थिक तथा सामाजिक विकासमा सक्दो टेवा पुर्याउने प्रतिवद्धता व्यक्त गरे । साथै सस्थाको उन्नती र प्रगतीलाई आत्मसाथ गर्ने पनि वचनवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नगरप्रमुख शोम मिश्रले राष्ट्रिय विकासको आधार स्तम्भको रुपमा रहेको सहकारी र सहकारीको माध्यमबाट विकास, विस्तार र प्रवद्र्धनको स्थानीय तह देखि राष्ट्रिय तहसम्म उपल्ब्धी हासिल गर्न ताथली बचत तथा ऋण सहकारी सस्था लिमिटेडले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरेको बताए ।

संस्थाले सहकारी क्षेत्रमा विशेष योगदान पुर्याउने विशिष्ठ अभियन्ता, जेष्ठ नागरिक र कलाकारहरुलाई दोसल्ला, मायाको चिनो र सम्मानपत्रले सम्मान गरेको पनि गरेको थियो । उल्यख्य सहभागिता रहेको सो कार्यक्रममा जनगायक विनोद विश्वकर्माले विभिन्न गीत संगीतको माध्यमबाट मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रममा समाचार संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कैलाश खबर डट कमका रक्तिम दैलेखी र चाँगुपत्र मासिकका सम्पादक हरिसुन्दर छुकालगायतलाई सस्थाले सम्मान गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.