काठमाडौं । बारामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । दुर्घटनामा १९ जना घाइते भएको बारा प्रहरीले जनाएको छ ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर खोलामा खसेको हो । दुर्घटनामा परी घाइते भएका १९ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
तीर्थयात्री बोकेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजे दुर्घटनामा परेको हो ।
