भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

थप ११८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६,६४९ पुग्यो (भिडियो)

थप ११८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६,६४९ पुग्यो (भिडियो)

२६ असार २०७७ काठमाडौं । थप ११८ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ८०११ पुगेको छ । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/575888319980884/

कर्णाली थप २७ जनामा कोरोना पुष्टि
कर्णाली प्रदेशमा थप २७ जनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा सुर्खेतमा ६ जनामा संक्रमण पुष्ट्रि भएको हो । राष्टिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौमा गरिएको परिक्षणमा ११ जना तथा दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा थप १० जनामा संक्रमण पुष्ट्रि भएको हो ।

स्वास्थ्य सेवा महासाखाका अनुसार पोजेटिभ देखिएका मध्ये सुर्खेतका ११ जना, सल्यानका १० जना, जाजरकोटका २ जना, डोल्पाका १, बाजुराका १ जना र दैलेखका २ जनामा संक्रमण पुष्टि भएको हो । कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८८ पुगेको छ । कर्णालीका २६ जना डिस्चार्ज भएका छन् । यो सँगै कर्णालीमा डिस्चार्ज हुनेका संख्या १ हजार ३ सय ४७ जना पुगेको छ भने कर्णालीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने २ सय ३५ जना आइसोलेसनमा उपचार गरिरहेका छन् ।

उपत्यकामा थप ४२ जनामा कोरोना
पछिल्लो २४ घण्टामा उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा २८ जना, ललितपुरमा १३ जना र भक्तपुरमा १ संक्रमित देखिएका छन् । हालसम्म उपत्यकाका काठमाडौंमा २२४ जना, ललितपुरमा ६९ र भक्तपुरमा ४४ जना संक्रमित देखिएका छन् । उपत्यकामा हालसम्म २२७ कोरोना संक्रमित देखिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.