२३ असार २०७७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
आज थपिएका १८० सहित नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ६८८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ७४९९ पुगेको छ । कुल संक्रमितमध्ये ३५ जनाको मृत्यु भएको छ ।
भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/607734629861738/
सेती प्रादेशिक अस्पतालको परीक्षणमा २२ जना कोरोना पोजेटिभ
ती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २०९ जनाको कोरोना परीक्षण गरिएकोमा २२ जनाको नतिजा पोजेटिभ आएको हो । अस्पतालले एक विज्ञप्ति जारी गर्दै ८ जना महिला र १४ जना पुरुष गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरु अछामका ६६ र ३० वर्षका २ जना महिला र १९,३० र ४० वर्षका ३ जना पुरुष गरी ५ जना छन् । त्यसै गरी कैलालीका ४ वर्षकी बालिका र २०,२५,२६, ३२, ३३ वर्षका ५ जना महिला छन् । यस्तै ९ वर्षका एकजना बालक र २०,२०,२४, २६, २७, २८, ३४, ३६, ३७ ३८ वर्षका १० जना पुरुष रहेका छन् ।
भेरी अस्पतालमा १५ जनामा कोरोना संक्रमण
भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले एक विज्ञप्तिमार्फत थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
नयाँ थपिएका संक्रमितहरु मध्ये सल्यानका ५ जना, रुकुमका ५ जना, दाङका ३ जना र बर्दियाका २ जना रहेका छन् । उनीहरु मध्ये एकजना महिला र अन्य १४ जना पुरुष रहेका छन् । अस्पतालमा हालसम्म १३ हजार ६ सय ५५ जनाको स्वाब परीक्षण गरिएको छ । तीमध्ये ६ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
गर्भवतीलाई परीक्षणमा प्राथमिकता
सरकारले गर्भवती तथा सुत्केरी महिलालाई कोरोना परीक्षणको प्राथमिकतामा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताल तथा कोरोना परीक्षण हुने प्रयोगशालाहरुलाई पत्राचार गर्दै गर्भवती तथा सुत्केरी महिलालाई कोरोना परीक्षणको प्राथमिकतामा राख्न निर्देशन दिएको हो । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै गर्भवती तथा सुत्केरी महिलाहरु समेत प्रभावित भएको भन्दै कोरोना परीक्षण गर्नुपर्ने गर्भवती तथा सुत्केरी महिलालाई पहिलो प्राथमिकता दिन निर्देशन दिएको हो ।
गंगालालमा आकस्मिक बाहेकका सेवा स्थगित
अस्पतालमा भर्ना भएका सात जना बिरामीमा कोरोना पुष्टि भएपछि शहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले आकस्मिक बाहेकका सेवाहरु स्थगित गरेको छ । केन्द्रले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको जनाएको छ। बिरामीमा कोरोना पुष्टि भएपछि थप सतर्कता अपनाउनुपर्ने भएकाले हाल सेवा स्थगित गर्नु परेको सूचनामा उल्लेख छ।
