भर्खरै : Sorry, your browser does not support inline SVG.

थप २७४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १९,५४७ पुग्यो (भिडियो)

थप २७४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १९,५४७ पुग्यो (भिडियो)

१५ श्रावण २०७७ काठमाडौं । नेपालमा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।

बिहीबार थप २२७ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । हालसम्म १४ हजार २ सय ४८ जना निको भएका छन्। अहिले सम्म ५२ जना संक्रमितको मृत्यु भएको छ ।
भिडियो हेर्नुहोस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/329506521416518/

कर्णालीमा थप २२ जना कोरोना संक्रमित
कर्णाली प्रदेशमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशको मुगुमा १, सल्यानमा ३, सुर्खेतमा ७, दैलेखमा १० र जाजरकोटमा १ जनालाई कोरोना पोजिटिभ देखिएको हो । यो सहित कर्णालीमा हालसम्म १ हजार ९ सय ३७ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये हालसम्म १ हजार ६ सय ९७ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.