भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

थ्री नेसन कपको उपाधि नेपाललाई

थ्री नेसन कपको उपाधि नेपाललाई

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा लाओसलाई २–१ गोलले पराजित गर्दै नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि जितेको हो ।

पहिलो हाफमा लाओसका फोउचाङभोङ साङ्भिले पहिलो गोल गरेका थिए । केही समयमै नेपालका आयुष घलानले बराबरी गोल फर्काएका थिए । निकै नै प्रतिस्पर्धात्मक दोस्रो हाफको ७४ औं मिनेटमा मनिष डाँगीले अन्जन विष्टको प्रहारमा आएको रिबाउन्डलाई पोस्टभित्र छिराएपनि गोल अफसाईड रह्यो ।

खेलको पहिलो हाफसम्म नेपाल र लाओसले १–१ गोलको बराबरी खेलेका थिए । तर खेलको अन्त्यतिर मनिष डाँगीले गोल थप्दै नेपललाई उपाधि दिलाएका हुन् । नेपालका मनिष डाँगी म्यान अफ म्याच घोषित भए ।

अन्तिम ९० मिनेटको समयमा उनै डाँगीले गरेको दोस्रो गोल जितका लागि निर्णायक रह्यो । लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । लाओसले दोस्रो स्थानमा रहदै नेपालसँगको फाइनल पक्का गरेको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.