भर्खरै : Sorry, your browser does not support inline SVG.

दुई जना युवक चितवनको देवघाटमा बेपत्ता

दुई जना युवक चितवनको देवघाटमा बेपत्ता

काठमाडौं । दुई जना युवक चितवनको देवघाटमा नुहाउने क्रममा बेपत्ता भएका छन् । नुहाउने क्रममा बिहीबार बिहान नारायणी नदीस्थित देवघाटमा बेपत्ता भएका हुन ।
नुहाउने क्रममा बेपत्ता भएका उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बेपत्ता हुनेमा भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका ३ मिलनचोकका पंकज दाहाल रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.