साँकेतिक
म्याग्दी । सदरमुकाम बेनी बजारको मङ्गलाघाटबाट हाडेभिर हुँदै बगरफाँट जोड्ने १४ सय मिटर सडक कालोपत्र गर्ने योजना दुई वर्षमा पनि सकिएको छैन । ठेकेदारको लापरवाही र ढिलासुस्तीले अलपत्र परेको संबन्धित निकायले जनाएको छ ।
सडक कालोपत्रमा भएको ढिलासुस्तीले नागरिकलाई सास्ती भएको छ । साँघुरो सडक छेउमा थुपारिएका निर्माण सामग्रीले आवतजावतमा समस्या र दुर्घटनाको जोखिम पनि बढाएको छ ।
सडक विस्तार र कालोपत्र गर्न बेनी नगरपालिकाको कार्यालय अगाडिबाट मङ्गलाघाट जाने सडकमा यसअघि गरिएको कालोपत्र उप्काइएको थियो । नयाँ कालोपत्र गर्न ढिलाइ गर्दा म्याग्दीको पश्चिमी भेगको नाकामा पर्ने मङ्गलाघाटको सडकको धुलो र हिलोले स्थानीयवासी प्रभावित भएका छन् ।
