भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलको बैठकअघि शीर्ष नेताहरुको बैठक डाकेका हुन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गर्ने गठबन्धनमा सहमति भएर सिट बाँडफाँटका लागि कार्यदल गठन भइसकेको अवस्थामा देउवाले पार्टीमा छलफल गर्न लागेको स्रोतको दावी छ ।

कार्यदलको बैठक दिउँसो बस्दैछ । सिट बाँडफाँटमा पार्टीको अवस्था कस्तो हुने, कुन आधारमा कति सिट लिने, अरुलाई कति दिने लगायतका विषयमा छलफल गर्न देउवाले बैठक राखेको स्रोतको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.