देशका ६५ जिल्लामा मतपत्र ढुवानी

देशका ६५ जिल्लामा मतपत्र ढुवानी

काठमाण्डौ । स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने कार्य सकिएको छ । आगामाी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छापाईको कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको हो । पालिका चुनावका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने मतपत्र देशका ६५ जिल्लामा ढुवानी समेत गरिसकेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

वाग्मती प्रदेशको चितवन र प्रदेश एकको मोरङ र मधेस प्रदेशका ८ जिल्लामा मतपत्र ढुवानी गर्न बाँकी रहेको र मतपत्र ढुवानी हुन बाँकी रहेका स्थान पनि चाडै मतपत्र ढुवानी गर्ने आयोगले जनाएको छ । केही स्थानीय पालिकामा पुनः मतपत्र छाप्नुपर्ने भएकाले छपाइको काम भैरहेको र केही दिनमा छपाइ काम सकेर पठाइने आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.