काठमाडौँ । अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरू भएको छ । नेपाली समयअनुसार बिहीबार मध्यराति नयाँ वर्ष २०२१ लाई स्वागत गरिएको छ । नयाँ वर्ष २०२१ भयरहित शान्त, समृद्ध र खुशीको वर्ष हुनेमा विश्वभरका नेताहरूले अपेक्षा गरेका छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि स्थिर राजनीति अपरिहार्य रहेको भन्दै नयाँ वर्ष सन् २०२१ को अवसरमा आज भिडियो सन्देशबाट प्रधानमन्त्री ओलीले समृद्धीको आकांक्षा पूरा गर्नका लागि अपरिहार्य रहेको बताएका छन् ।
आगामी दिनमा सुशासन र विकासको बाटोबाट अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । अर्को नयाँ वर्षको संघारमा पुग्दासम्म विकास र समृद्धि थप उचाइमा पुग्ने ओलीको भनाइ छ ।
पीडाकाबीच संसार
नयाँ वर्षले उल्लास ल्याएपनि कोरोना भाइरसको नयाँ प्रजाति तथा तेस्रो लहरको पीडाले संसारभर खास उल्लास देखिएको छैन । सन् २०१९ को अन्त्यतिर सुरू भएको कोरोना महामारीको असरले अहिलेसम्म संसारलाई गाँजेको छ । विश्वलाई एकैचोटी ठप्प पारेको कोरोनाभाइरसको महामारीका कारण यो बर्ष स्मरणीय बर्ष बन्ने पक्का छ ।
कोरोना
सन् २०२० बर्षको सवैभन्दा ठूलो घटना भनेकै कोरोना महामारी हो । यस युगकै ठूलो घटनाको रूपमा हेरिएको छ ।क्षतिको कुनै हिसाव किताव गरेर नै सम्भव छैन । तर मानवीय र आर्थिक क्षतिको मात्रै बढी चर्चा गरिएको छ ।
सलह आतंक
कोरोनासंग संगै विश्वले स्मरण गर्ने अर्को आतंक सलह आतंक हो । सन् २०२० विश्वव्यापी चर्चित घटना मध्येको सलह आतंक पनि सम्जिरहेछन् । दक्षिण एसियाली मुलुकमा यसले बढी चर्चा पायो ।
कोरोना महामारी चलिरहेका बेला सलह पनि फैलिएको विषयले भोकमरी हुने र खाद्य सङ्कट आउने सम्मको विश्लेषण गरियो । सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको सलह साउदी अरब, इरान हुँदै दक्षिण एसियाली राष्ट्र पाकिस्तान त्यसपछि भारत हुँदै नेपाल छिरेर ठूलो क्षेती पु¥याएको थियो ।
