भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

निजामती सेवामा तलब भत्ता समायोजन हुनुपर्ने माग

निजामती सेवामा तलब भत्ता समायोजन हुनुपर्ने माग

काठमाडौ। नेपाल निजामती कर्मचारी युनियनले निजामती सेवामा तलब भत्ता समायोजन हुनुपर्ने माग अघि सारेको छ ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै युनियनले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै तह, श्रेणी र पदका कर्मचारीहरूलाई देशको आर्थिक अवस्था, सामाजिक परिवेश, बढ्दो महंगीका आधारमा तलब तथा सेवा सुविधाको व्यवस्था गरिनुपर्ने माग राखेको हो ।
अध्यक्ष गोपालप्रसाद पोखरेलले अर्थमन्त्रीलाई भेटेर आफूहरूले मागहरू पेस गरेको जानकारी दिए ।

समान पदमा रहेको सुरक्षा निकायमा काम गर्ने कर्मचारीभन्दा निजामती कर्मचारीको मर्यादाक्रम अगाडि रहेको बताउँदै उनले सुरक्षा निकायका कर्मचारीको र निजामती कर्मचारीको तलबमा विभेद रहेका गुनासो गरेका छन् । अध्यक्ष पोखरेलले आफूहरूको माग आगामी आर्थिक वर्ष २०८१०८२ को बजेटमा सम्बोधन हुनुपर्ने स्पष्ट पारे ।

 


Thali Mobile Pvt.Ltd.