भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

निरन्तर गर्मी बढिरहेकाले सतर्कता अपनाउन विज्ञहरुको सुभाव

निरन्तर गर्मी बढिरहेकाले सतर्कता अपनाउन विज्ञहरुको सुभाव

काठमाण्डौ । पछिल्ला केही दिन तापक्रम बृद्धिका कारण तराईका जिल्लामा तातो हावा र लू चल्ने सम्भावना रहेको छ । तराईका केही ठाउँमा ४१ डिग्री सेल्सियसको हाराहारीमा तापक्रम पुगेकाले केही दिन तातो हावा र लू चल्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । पहाडी जिल्लामा समेत गर्मी बढेको छ । पहाडी केही ठाउँमा बेलुकीपख मौसम आंशिक बदली भए पनि पानी परेको छैन ।

गर्मी लगातार बढिरहेकाले खानपान र सरसफाइमा ख्याल गर्न स्वास्थ्य विज्ञले आग्रह गरेका छन् । बिहान सबेरैदेखि बेलुकासम्म नै घाम चर्किँदा तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । अधिकतमसँगै न्यूनतम तापक्रम समेत बढिरहेकाले गर्मी धेरै भएको छ । अझै केही दिनको मौसम यस्तै रहने अनुमान रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

गर्मी, तातो हावा र लू का कारण श्वास फेर्न गाह्रो भए, टाउको बेस्सरी दुखे, छाला रातो वा तातो भए र बेहोस हुने जस्ता स्वास्थ्य समस्या देखिए तुरुन्त अस्पताल लैजान डाक्टरको सल्लाह रहेको छ । घाम चर्किएका बेला सकेसम्म घर बाहिर ननिस्किन, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा दीर्घ रोगीको विशेष ख्याल गर्नुपर्ने विज्ञको भनाइ छ ।

फलफूलको रस र शुद्ध पानी र धेरै पसिना बगे कहिलेकाहीँ जीवनजल पिउन, चिसो पानीले नुहाउन, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउन, खेतबारीको काम सकभर बिहान र बेलुका मात्रै गर्न तथा दाल, सुप जस्ता नुनिलो झोल पदार्थ पिउन डाक्टरको सुझाव छ ।

 


Thali Mobile Pvt.Ltd.