काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । जुन १३ भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन नेपाल भित्रिएको हो ।
मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ ।
नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन फैलिंदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
