भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

नेपाल टेलिकमलको १० जीबी डेटा प्याक योजना शुरु

नेपाल टेलिकमलको १० जीबी डेटा प्याक योजना शुरु

काठमाडौं। कोरोना भाइरसको महामारीको समयमा घरभित्रै बसेर समय पास गर्न नेपाल टेलिकमले स्टे कनेक्टेड प्याक मार्फत सस्तोमा डाटा उपलब्ध गराउन सुरु गरेको छ । नेपाल टेलिकमले २ सय रुपैयाँमा १० जीबी डाटा प्याक उपलब्ध गराउन शुरु गरेको हो ।

दुई जीबी नियमित प्याकेजमा कम्पनीले आठ जीबी डेटा फोरजी नेटवर्कका लागि बोनस स्वरुप उपलब्ध गराएको जनाएको छ । सेवाग्राहीले २ सय रुपैयाँमै १० जीबी डेटा प्राप्त गर्न सक्नेछन् । सात दिनसम्म प्रयोग गर्न सकिने यो प्याकेजको डेटा मध्ये आठ जीबी फोरजी नेटवर्कमा बोनसको रुपमा उपयोग गर्न सकिने र बाँकी दुई जीबी जुनसुकै नेटवर्कमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ ।

सय रुपैयाँमै चार जीबी डेटाको अर्को प्याकेज समेत ल्याएको कम्पनीले जनाएको छ । जसमध्ये एक जीबी जुनसुकै नेटवर्कमा प्रयोग गर्न मिल्नेछ । यसरी प्राप्त चार जीबी डेटा पाँच दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जाएको छ । बोनस स्वरुप प्राप्त हुने तीन जीबी डेटा फोरजी नेटवर्कमा मात्र प्रयोग गर्न मिल्ने कम्पनीको दाबी छ ।

 


Thali Mobile Pvt.Ltd.