भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

नेपाल भित्रने चिनियाँ पर्यटकको संख्यामा वृद्धि

नेपाल भित्रने चिनियाँ पर्यटकको संख्यामा वृद्धि

काठमाडौं । कोभिड–१९ पछि आवागमन बन्द भएको रसुवागढी नाका गत चैत १८ गतेदेखि पुनः सञ्चालनमा आएपछि व्यापारीक तथा पर्यटकीय गतिविधि बढेको छ । रसुवाको रसुवागढी नाकामा चहलपहल बढ्दै गएपछि त्यस क्षेत्रको रौनक बढेको हो ।

रसुवाका बासिन्दा केरूङतर्फ जाने र चिनियाँ नागरिक पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेकाले सीमा क्षेत्रका नागरिक बीचको सम्बन्ध प्रगाढ बन्दै गएको स्थानीयले बताएका छन् । २०७२ सालको भूकम्पले रसुवागढीको अध्यागन कार्यालय भत्किएपछि त्यसभन्दा अगाडिका अभिलेखहरु नष्ट भएका छन् ।

यो नाका हुँदै नेपाल भित्रने चिनियाँ पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । नाकामा दैनिक २५ देखि ३० पर्यटकको आवागमन हुने गरेको छ । चैत १८ देखि असार मसान्तसम्ममा रसुवागढी मितेरीपुलबाट ४६ देशका १० हजार ६ सय ७७ नागरिकले ओहोरदोहोर गरेकोमा २ हजार ८ सय ३७ चिनियाँ पर्यटक रहेको अध्यागमन कार्यालय टिमुरेले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.