भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपाल वायुसेवा निगम सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

नेपाल वायुसेवा निगम सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

मुख्य बुँदा

सर्वोच्च अदालतले वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति बदर गर्‍यो।

सरकारले ५ सदस्य नियुक्त गरेको निर्णय योग्यता क्रम विपरीत भएको ठहर।

पहिलो नम्बरमा सिफारिस भएका उम्मेदवारले रिट दायर गरेका थिए।

सर्वोच्चले योग्यताक्रमअनुसार पुनः निर्णय गर्न परमादेश दिएको।

सुशासनको सिद्धान्त विपरीत नियुक्ति भएको ठहर।

काठमाण्डौ, ३० जेठ । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति बदर गरेको छ। सरकारले गत वैशाख ३१ गते ५ जना सदस्य नियुक्त गरेको निर्णयविरुद्ध पहिलो नम्बरमा सिफारिस भएका उपेन्द्रबहादुर कार्कीले रिट दायर गरेका थिए।

सोही रिटमाथि हिजो सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो।

सरकारले डा. दीपकप्रसाद बास्तोला, प्रविन भट्टराई, महेश्वरभक्त श्रेष्ठ, रुपा लामिछाने र लिलाराज ढकाललाई सञ्चालक समितिमा नियुक्त गरेको थियो।

सर्वोच्चले छनोट समितिको सिफारिसअनुसार योग्यताक्रमलाई आधार नबनाई गरिएको नियुक्ति सुशासनको मूल्य र मान्यताको प्रतिकूल भएको ठहर गर्दै पुनः योग्यताक्रमअनुसार आधार र कारणसहित निर्णय गर्न परमादेशसमेत दिएको छ।

 


Thali Mobile Pvt.Ltd.