भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

नेपालको नयाँ नक्सा मन्त्रिपरिसद् बैठकद्वारा पारित

नेपालको नयाँ नक्सा मन्त्रिपरिसद् बैठकद्वारा पारित

५ जेठ २०७७, काठमाडौं ।  छिमेकि राष्ट्र भारत र नेपालबीच सीमा विवाद भइरहेको वेला सरकारले नेपालको नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिसद् बैठकले लिम्पियाधुरा समेटेर तयार पारिएको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय गरेको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जनाकारी दिए । । उनले आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्ने जानकारी दिए ।

नेपालको भूमि लिम्पियाधुरा समेटेर भूमी व्यवस्था मन्त्रालयले नक्सा तयार पारेको हो । उक्त नक्सा मन्त्रिपरिषद्को बैठकमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले प्रस्ताव गर्नुभएको थियो । उक्त नक्सा नेपालको आधिकारीक भएको भन्दै मन्त्रिपरिषदले बैठकले पारित गरेको हो ।

नेपालले बारम्बार भारत सरकारसंग वार्तामार्फ समस्या समाधान गर्न खोजेपनि भारत सरकारले कुनै वास्ता नगरी पछिल्लो समय नेपालको भुभागमा सडक निर्माण गरी उद्घाटन गरेपछि नेपाल सरकार आफ्नो भूभागको नयाँ नक्सा सार्वजनिक गर्न लागेको स्रोतले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.