काठमाडौं । नेपालको हवाई उडान क्षेत्रलाई युरोपियय युनियन (इयु)ले कालो सूचिबाट नहटाउनुमा आफ्नो कुनै दोष नरहेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाईन्स) ले दाबी गरेको छ ।
इयुको प्रतिवेदन नेपालको समग्र हवाई उडान क्षेत्रकै अडिट गरेर आएकाले त्यसमा निगमको कमजोरी भन्न नमिल्ने नेपाल वायुसेवा निगमले जनाएको हो ।
इयुको पछिल्लो अडिट रिपोर्टमा पनि नेपालको हवाई क्षेत्र कालो सूचिबाट नहट्नुमा निगम जिम्मेवार रहेको भनि केही समाचार माध्यमले समाचार सम्प्रेषित गरेकोमा निगमले आपत्ति जनाएको छ ।
इयूले २९ नोभेम्बर २०२३ मा सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको हवाई उडानको क्षेत्रलाई फेरि पनि कालोसूचिमा राखिएको उल्लेख गरिएको छ ।
निगमको कमजोरीलाई इयूले औंल्याएर नेपालको हवाई उडानलाई कालोसूचिमा राखेको भए नेपालका अन्य वायुसेवा प्रदायक संस्थाहरुले इयूबाट अडान अनुमति पाउने प्रावधान रहेको निगमले स्मरण गराएको छ ।
