सुर्खेत । नेपाल मजदुर किसान पार्टीका तर्फबाट गगन बहादुर विकले बिरेन्द्रनगर नगरपालिका वडा न. १ वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
वडाको समग्र विकास, युवालाई रोगारी, शिक्षा, स्वास्थ्यमा वडावासीको पहँुच पु¥याउन र निशुल्क उपचारको निम्ति पहल गर्न आफ्नो उम्मेदवारी दिएको विकले बताए ।
मिलनसार, लगनशील र कर्तव्यनिस्ट युवाको रुपमा परिचय बनाउन सफल विकले मादल चिन्हमा मतदान गर्न र पार्टीलाई विजयी गराउन वडावासीले बहुमत दिने विश्वास व्यक्त गरे ।
