भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पक्राउ परेका सन्दीपलाई काठमाडौं ल्याइँदै

पक्राउ परेका सन्दीपलाई काठमाडौं ल्याइँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई काठमाडौं ल्याइँदैछ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुधबार प्रहरीले बुटवलबाट पक्राउ गरेको थियो । उनलाई भैरहवा विमानस्थल पठाइसकिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्यामु अर्यालले बताए।

सन्दीपलाई गएराति जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो । उनका बुबा एवं एमाले नेता तथा प्रतिनिधसभा सदस्य टोपबहादर रायमाझीको नाममा पनि पक्राउ पूर्जी जारी भएको छ ।

तर प्रहरीका अनुसार उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।

 


Thali Mobile Pvt.Ltd.