भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

पत्रकारसमेत विभेदको पीडामा

पत्रकारसमेत विभेदको पीडामा

काठमाडौं । कुनै पनि जाती समुदायलाई विभेद गर्न कानुनत निषेध छ । तर पनि जातीय विभेदका विभिन्न घटना अझै रोकिएका छैनन् ।छुवाछुत लगायत जातीय विभेदकै कारण थुप्रै अपराधिक घटनाहरु भइ नै रहेका छन् ।

सीमान्तकृत समुदायका क्षेत्रमा कलम चलाउँदै आएका लेखक साहित्यकार तथा पत्रकारहरुसमेत यो पीडा खेपिरहेका छन् । संविधानको मौलिक हक अन्तर्गत धारा १८ मा समानताको हक, धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हक तथा धारा ४० मा दलितको हक उल्लेख छ ।

जाति, समुदायलाई विभेद गर्न नपाइनेदेखि समान हक र आरक्षणको ब्यवस्था गरिएको छ । तर राज्यकै महत्वपूर्ण निकायमासमेत संविधानले दिएको अधिकार ब्यवहारतः कार्यान्वयन नभएको गुनासो ब्याप्त छन् । राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपमा पछाडि पारिएका दलित समुदायका मुद्धाहरुकाबारेमा निरन्तर कमल चलाउँदै आएका लेखक साहित्यकारदेखि पत्रकारहरुसमेत अझै कुनै न कुनै रुपमा विभेदहरु कायमै रहेको बताउँछन् ।

सिमान्तकृत समुदायका मुद्दाहरु आमसञ्चार माध्यामहरुमा कम प्राथमिकतामा परेको यस क्षेत्रका अभियन्ता बताउँछन् । दलित समुदायका लेखक र पत्रकारहरु धेरै संख्यामा उत्पादन भए पनि अझै उल्लेखनीय प्रगति नभएको पूर्व सांसद एवम् जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले बताइन् । घटनाक्रम हेर्दा अझैपनि साहित्यकार तथा पत्रकारसमेतले कुनै न कुनै कुरामा विभेद खेपिरहेकाे उनकाे ठम्याइ छ ।

 


Thali Mobile Pvt.Ltd.