भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

पनौती नगरपालिका वडा नं २ गुर्दुमडाँडामा साइकल प्रतियोगिता सम्पन्न

पनौती नगरपालिका वडा नं २ गुर्दुमडाँडामा साइकल प्रतियोगिता सम्पन्न

पनौती । पनौती नगरपालिका वडा नं २ कुसादेवीले पर्यटन प्रवद्र्धन गर्न साइकल प्रतियोगिता सम्पन्न गरेको छ । वडाले पर्यटन विकासमा टेवा पुग्ने हिसावले २ किलोमिटरको दुरीमा साइकल प्रतियोगिता शुक्रबार गरेको हो । डाउनहिल साइकल ट्रेल वनाएको ट्रयाक मै प्रतियोगिता सञ्चालन गरेको वडा नं २ का वडा अध्यक्ष पुरुषोक्तम अधिकारीले जानकारी दिए ।

उनले डाउनहिल मनसुन राइकल ट्रयाक अन्तरगत प्रतियोगिता सञ्चालन भएको बताउदै प्रतियोगिताले आन्तरिक पर्यकटहरुलाई पनौती नगरपालिकाका विभिन्न स्थानहरुमा आउन बाध्य पार्ने बनाए । अध्यक्ष अधिकारीले प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार प्रदान गरिएको जानकारी दिदै पनौती नगरपालिका शाहसिक खेलकुदको हव बन्ने बताए ।

अध्यक्ष अधिकारीले पनौती नगरपालिका वडा नं २ का विभिन्न ठाउँमा साहसिक खेल सञ्चालन गर्न योग्य ठाउँ भएकाले आउदो दशैंसम्म प्यारागलाइडिङ सञ्चालन गर्ने योजना रहेको बताउँदै रक क्लाइमविङका लागि पनि आफूहरु तयारी अवस्थामा रहेको जानकारी दिए ।

कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष विष्णु सापकोटाले प्रतियोगिता सुन्दर वातावरणमा भएकाले आफूलाई निकै रमाइलो लागेको बताउँदै पनौती नगरपालिकाका विभिन्न स्थानमा हुने प्रतियोगिताले नगरको सोभा बढाएको तर्क गरे । उनले आगामि दिनहरुमा यस्ता प्रतियोगिता निरन्तर भइरहेने बताए ।

कार्यक्रममा वडा नं २ का वडा सदस्य रमेश बजगाईले प्रतियोगिता गर्न पाउँदा खुशी लागेको बताउँदै पनौती नगरपालिका वडा नं २ को कर्णालीका रुपमा चिनिएको गुर्दुमडाडा पर्यटकीय हवको रुपमा चिनिदै गएको जानकारी दिए । बजगाईले पर्यटकीय सम्भावना बोकेको यो क्षेत्रलाई अझै विकास निर्माणको क्षेत्रमा पनि अधिबढाउँन आफूहरु लागि पर्ने बताए ।

प्रतियोगितामा २० जना प्रतियोगिको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने राजेश मगर, दोस्रो स्थान हासिल गर्ने क्रिष अशोक किली र तेस्रो स्थान हासिल गर्ने ग्याल्जेन शेर्पा लगायत अन्य प्रतियोगिलाई पनि पुरस्कृत गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.