भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

मुगुमा तीन वर्षदेखि तिब्बती नाका बन्द

मुगुमा तीन वर्षदेखि तिब्बती नाका बन्द

मुगु । जिल्लाको उत्तरी ब्यापारी नाका नाक्चेनाङला हयाजीमार क्षेत्र सुनसान देखिन्छ । कोरोना महामारीले तीन वर्षदेखि बन्द रहेको उत्तरी ब्यापारी नाका अहिले पनि खुल्ने अवस्थामा छैन । मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीय चिन्तित बनेका छन् ।

सुर्खेत र नेपालगन्जबाट सामान ढुवानी गर्नुपर्दा वस्तु भन्दा ढुवानी महँगो पर्ने गरेको स्थानीयहरूको गुनासो छ ।नाका बन्द हँुदा ब्यापारी र सर्वसाधारण मारमा परेका छन् । उत्तरी ब्यापारी नाका बन्द हुँदा खाद्य वस्तु लगाएतका अत्यावसेक सामान खरिद गर्न कठिनाइ भएको मुगुम कार्मारोङ गाउँपालिकाका स्थानियको गुनासो छ ।

यो वर्ष पनि खुल्ने नखुल्ने कुनै निश्चित छैन । नेपाल र तिब्बतको सिमाना हयाजीमारमा तिब्बती ब्यापारीले अस्थायी हाटबजार सञ्चालन गर्ने र मुगु कार्मारोङ गाउँपालिका भित्रका चितै, मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा मह, माग्री लगायत १७ वटा बस्तीका स्थानीय १५ दिनसम्म खाद्य वस्तु लत्ताकपाडा तथा नुन तेल किन्न जान्थे ।

अहिले भने दैनिक जीवनयापनमा समस्या भएको छ । जसकारण नुन चामल जुटाउन नै मुस्किल भएको छ । तिब्बतबाट सस्तो मूल्यमा आयात गर्ने खाद्यान्न पछिल्लो समय सुर्खेत र नेपालगञ्जदेखि ढुवानी गर्नु पर्दा महँगो पर्ने स्थानीयहरू बताउँछन् ।

यतिसम्म कि खर्चिलो ढुवानीका कारण २५ केजी चामलको मूल्य ६ हजार र दुई केजी नुनको मूल्य ७५ रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको स्थानीयहरूको गुनासो छ । यस्तै नेपालगन्ज र सुर्खेतबाट खाद्यान्न लैजाँदा सामानको भन्दा बढी मूल्य ढुवानीमै खर्च गर्नु परेको ब्यापारीहरूको गुनासो छ ।

 


Thali Mobile Pvt.Ltd.