भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

मुगुमा तीन वर्षदेखि तिब्बती नाका बन्द

मुगुमा तीन वर्षदेखि तिब्बती नाका बन्द

मुगु । जिल्लाको उत्तरी ब्यापारी नाका नाक्चेनाङला हयाजीमार क्षेत्र सुनसान देखिन्छ । कोरोना महामारीले तीन वर्षदेखि बन्द रहेको उत्तरी ब्यापारी नाका अहिले पनि खुल्ने अवस्थामा छैन । मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीय चिन्तित बनेका छन् ।

सुर्खेत र नेपालगन्जबाट सामान ढुवानी गर्नुपर्दा वस्तु भन्दा ढुवानी महँगो पर्ने गरेको स्थानीयहरूको गुनासो छ ।नाका बन्द हँुदा ब्यापारी र सर्वसाधारण मारमा परेका छन् । उत्तरी ब्यापारी नाका बन्द हुँदा खाद्य वस्तु लगाएतका अत्यावसेक सामान खरिद गर्न कठिनाइ भएको मुगुम कार्मारोङ गाउँपालिकाका स्थानियको गुनासो छ ।

यो वर्ष पनि खुल्ने नखुल्ने कुनै निश्चित छैन । नेपाल र तिब्बतको सिमाना हयाजीमारमा तिब्बती ब्यापारीले अस्थायी हाटबजार सञ्चालन गर्ने र मुगु कार्मारोङ गाउँपालिका भित्रका चितै, मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा मह, माग्री लगायत १७ वटा बस्तीका स्थानीय १५ दिनसम्म खाद्य वस्तु लत्ताकपाडा तथा नुन तेल किन्न जान्थे ।

अहिले भने दैनिक जीवनयापनमा समस्या भएको छ । जसकारण नुन चामल जुटाउन नै मुस्किल भएको छ । तिब्बतबाट सस्तो मूल्यमा आयात गर्ने खाद्यान्न पछिल्लो समय सुर्खेत र नेपालगञ्जदेखि ढुवानी गर्नु पर्दा महँगो पर्ने स्थानीयहरू बताउँछन् ।

यतिसम्म कि खर्चिलो ढुवानीका कारण २५ केजी चामलको मूल्य ६ हजार र दुई केजी नुनको मूल्य ७५ रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको स्थानीयहरूको गुनासो छ । यस्तै नेपालगन्ज र सुर्खेतबाट खाद्यान्न लैजाँदा सामानको भन्दा बढी मूल्य ढुवानीमै खर्च गर्नु परेको ब्यापारीहरूको गुनासो छ ।

 


Thali Mobile Pvt.Ltd.