भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

परराष्ट्रमन्त्री विमला राई स्वीट्जरल्याण्ड जाँदै

परराष्ट्रमन्त्री विमला राई स्वीट्जरल्याण्ड जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याल संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन स्वीट्जरल्याण्ड जाँदैछिन् ।

मन्त्री पौडेलेले मानवअधिकार परिषद्को बैठकमा आफूहरुको सहभागिता असाध्यै महत्वपूर्ण रहनृ बताइन् । भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल हुने बताइन् ।

मानव अधिकार संस्थाहरुको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले नेपालको मानव अधिकार आयोगलाई ख श्रेणीमा घटुवा गर्न सिफारिस गरेको थियो ।

बैठकका क्रममा द्विपक्षीय भेटवार्ताहरु पनि गर्ने तय भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।

उनका अनुसार मन्त्री पौडेल जेनेभाबाट दोहा आउने छिन् र अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड पनि शुक्रबार कतार जाने कार्यक्रम छ । प्रधानमन्त्री २२ र परराष्ट्रमन्त्री २३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

 


Thali Mobile Pvt.Ltd.