भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

पशुपति क्षेत्रभित्रको पार्किङ सम्झौता रद्द

पशुपति क्षेत्रभित्रको पार्किङ सम्झौता रद्द

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ । पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रालिले पाएको भएपनि सम्झौता अनुसारको काम तथा समयमै बक्यौँता रकम तीर्न नसकेका कारण उक्त सम्झौँता रद्द गरिएको विकास कोषले जनाएको छ ।

पार्किङ सम्झौता रद्द गरी उक्त पार्किङ स्थल आजबाट विकास कोषले आफ्नो मातहतमा लिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । उनका अनुसार उक्त प्रालीले सवारी पार्किङ सञ्चालनवापत कोषलाई तीर्नु पर्ने पुरानो ४० लाख रुपैयाँ बढी रकम समयमै भुक्तान नगरेका कारण सम्झौता रद्द गरिएको हो ।

सञ्चालक परिषद्को गएको भदौ २१ गते बसेको बैठकले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको कार्यकारी निर्देशक खतिवडाले बताए । उनले भने, ‘भदौ २१ गतेको सञ्चालक परिषद् बैठकले पार्किङ सम्झौता रद्द गर्ने निर्णय गरेको हो, आजदेखि हामीले उक्त पार्किङ स्थल आफ्नो जिम्मा लिएका छौँ, अर्को टेन्डर प्रकृया नहुँन्जेल सम्म हाललाई निःशुल्क पार्किङ गरिएको छ ।’

उक्त कम्पनीले पशुपति क्षेत्र भित्र रहेको सवारी पार्किङ स्थल सञ्चालन गरेवापत विकास कोषलाई मासिक तीन लाख ४६ हजार रुपैयाँ तीर्ने गरी सम्झौता भएको विकास कोषले जनाएको छ । उक्त कम्पनीले पुरानो बक्यौँता रकम ६० लाख रुपैयाँमा केही हप्ता पहिले २० लाख बुझाए पनि अझै ४० लाख रुपैयाँ तीन बाँकी रहेको खतिवडाले जानकारी दिए । कोष र उक्त कम्पनीबीच पार्किङ व्यवस्थापनका लागि पाँच वर्षको सम्झौता भएपनि साढे दुई वर्षमा सम्झौता रद्द भएको छ ।

पशुपति क्षेत्र विकास कोषले दुई पांग्रे सवारी साधनका लागि १० र चारपांग्रे सवारीका लागि २५ रुपैयाँ पार्किङ शुल्क तोकेर कम्पनीसँग सम्झौता गरेको थियो । तर, कम्पनीले सो भन्दा बढी शुल्क उठाएको पाइएको आरोप छ । कम्पनीमाथि राजस्व अनुसन्धान विभागले समेत अनुसन्धान गरिरहेको कोषले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.