भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

६ सय ७० जना कैदीको सरकारद्वारा आममाफी

६ सय ७० जना कैदीको सरकारद्वारा आममाफी

काठमाडौँ । ६७० जना कैदीको सरकारले बाँकी कैद कट्टा गरी आममाफी दिएको छ। संविधान दिवसको दिनदेखि लागू हुने गरी कैद माफी गरिएको हो। संविधान दिवसको अवसरमा असल आचरण भएकाहरूलाई आममाफी दिएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार भीमबहादुर खवाससमेत ४९७, हर्कबहादुर लिम्बुसमेत १७० र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँसमेत जम्मा ३ गरी कुल ६७० जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरिएको हो।

मन्त्रिपरिषद्को भदौँ २९ को बैठकको सिफारिस बमोजिम यही असोज ३ गतेदेखि लागू हुने गरी संविधान दिवस, २०८० को अवसरमा राष्ट्रपतिबाट कैद माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.